बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक, समारोहको तयारी पूरा


प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार

बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।

वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ ।

यसैलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिने छ । उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् ।

तर, राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् ।

राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन्।

यसैबीच नेपालका परराष्ट्रमन्त्री एनपी साउद पनि राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुँदै छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com