बेलायतमा सरकारीको भन्दा गैरसरकारी कर्मचारीको तलब धेरै बढ्ने


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

बेलायतमा गैरसरकारी कामदारको तलव ४ प्रतिशत बढ्ने भएको छ । यो सरकारी तलव बृद्धिको अनुपातमा १ प्रतिशत बढि हो ।

सरकारी क्षेत्रमा भने ३ प्रतिशत आसपास तलब बढ्ने देखिएको छ । त्यहाँका रोजगारदाताहरुले आगामी १२ महिनाभित्र ४ प्रतिशतभन्दा धेरैले तलब बढाउने अपेक्षा गरिएको छ ।

महँगी केही सुस्त बनेको र श्रम बजारमा सुस्ती जारी रहँदा तलब वृद्धिको योजनामा थोरै हेरफेर हुन सक्ने सीआईपीडीका श्रम बजार अर्थशास्त्री जेम्स कोक्केटले भन्नुभएको छ ।

चार्टर्ड इन्स्टिच्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट सीआईपीडीले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । त्यहाँको निजी क्षेत्रमा व्यवसाय तथा रोजगारदाताहरूले औसत ४ प्रतिशतका दरले तलब बढाउने देखिएको छ ।

अर्को बौद्धिक समूह रिजोल्युशन फाउन्डेशनले सार्वजनिक भएको अर्को छुट्टै प्रतिवेदनमा महँगीसँगको समायोजनपछिको तलब वृद्धि अहिलेकै दरमा दिगो देखिने बताएको थियो ।

गएको हप्ता बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ बीओईले सार्वजनिक गरेको प्रतिवेदनले पनि आगामी एक वर्षको अवधिमा बेलायतमा तलब ४ दशमलव ६ प्रतिशतले बढ्न सक्ने देखाएको थियो ।

उच्च स्तरमा रहेको महँगी नियन्त्रण गर्न बोओईले गएको हप्ता ब्याजदर १६ वर्षकै उच्च स्तरमा यथावत् राख्ने घोषणा गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com