बलात्कार मुद्दामा ट्रम्पले दिएको बयानको भिडियो सार्वजनिक


प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार

अमेरिकाको एक अदालतले बलात्कार मुद्दामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको भिडियो सार्वजनिक गरेको छ । ४८ मिनेटको भिडियोमा ७६ वर्षीय ट्रम्पले लात्कारको आरोप लगाउने जिएन क्यारोलको तस्बिर गल्तीले आफ्नी पूर्वपत्नी मार्ला म्यापल्सको भएको बताएको देखिन्छ ।

यस भिडियोमा ट्रम्प क्यारोलको बलात्कारको आरोपलाई अस्वीकार गर्दै देखिएका छन् । उनले यो मेरो टेप होइन भनिरहेका छन्।

बिहीबार, क्यारोल र ट्रम्पका वकिलहरूले यस विषयमा एक अर्कासँग बहस गरे। यो सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित थिएनन् ।

यस अवधिमा उनका वकिलहरूले साक्षीलाई समेत बोलाएनन्।

क्यारोलले सन् १९९० को मध्यमा न्युयोर्क शहरको डिपार्टमेन्ट स्टोरमा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । यो भिडियो बिहीबार न्यायाधीशहरूलाई देखाइएको थियो।

एक सञ्चार संस्थाले निवेदन दिएपछि शुक्रबार पहिलो पटक भिडियो सार्वजनिक गरिएको हो ।

बयानका क्रममा ट्रम्पलाई हलिउड टेप देखाइएको थियो, जुन २०१६ मा उनको राष्ट्रपतिको चुनावी अभियानका क्रममा ‘वाशिंगटन पोस्ट’ले प्रकाशित गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com