टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा ४७ बर्षीया प्रमिला सुवेदीको निधन


प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार

टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा प्रमिला सुवेदीको निधन भएको छ । एनआरएनए आइसीसीको अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको विहीबार भएको दुर्घटनामा निधन भएको हो ।

सुवेदीले चलाएको गाड़ी बेलुका साढे ५ बजे ट्रकको ठक्करबाट दुर्घटनामा परेको थियो । दुर्घटनामा ४७ बर्षिय प्रमिला सुवेदीको घटनास्थलमै निधन भएको थियो ।

नेपाली कांग्रेसका चर्चित नेता तथा पूर्वमन्त्री दिपकप्रकाश बास्कोटाकी छोरी प्रमिला सुवेदी दुई दशकअघि अमेरिका आएको जनाइएको छ । प्रमिलाको परिवार लामो समय कनेक्टिकट बसाईपछि सन् २०१७ मा टेक्सासको डलास बसाईसराई गरेका थिए । सुवेदी दम्पत्तीका दुई छोरा छन् ।

यसैबीच अमेरिकामा भएका नेपालीहरुले प्रमिला सुवेदीको मृत्युमा शोक व्यक्त गरेका छन् । उनीहरुले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आत्मिय मित्र रामकुमार सुवेदीकी धर्मपत्नी तथा नेपाली कांग्रेसका नेता दिपक प्रकाश बास्कोटाकी सुपुत्री प्रमीला सुवेदीको सडक दुर्घटनामा अमेरिकाको टेक्सास राज्यमा असामयिक निधन भएको दुखद खबरले मर्माहत बनाएको बताएका छन् । उनले असिम दुखको यो घडीमा राम कुमार सुवेदी लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदनाका साथै दिबंगत प्रमिलाको आत्माको चिरशान्तीको प्रार्थना गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com