अमेरिकामा राज भण्डारीको साइनसीक्सलाई एक्सपोर्टर अफ द इयर अवार्ड, ह्वाइटहाउसमा सम्मान


प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार

अमेरिकामा नेपाली मूलका राज भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको छ । अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको हो ।

नर्थ क्यारोलाइनमा मुख्यालय रहेको यो कम्पनीका संचालक राज भण्डारी हुन् भने अपरेशन म्यानेजर रञ्जन कार्की हुन् । ग्लोबल मार्केटिङका ​​निर्देशक लिसा बामफोर्डले कम्पनीको २५ कर्मचारी टोलीको निरीक्षण गर्छिन्।

साइनसीक्स र अन्य राष्ट्रिय साना व्यापार सप्ताह पुरस्कार विजेताहरूलाई अप्रिल ३० देखि मे २ सम्म वाशिंगटन डीसीमा सम्मानित गरिएको हो । ह्वाइट हाउस प्रांगडमा आयोजित कार्यक्रमका क्रममा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले साइनसीक्स टोलीलाई भेटेर बधाई दिएका थिए ।

कम्पनीलाई एसबीएको राष्ट्रिय साना व्यवसाय सप्ताहको समयमा ह्वाइहाउसमा सम्मान प्रदान गरिएको छ । जुन राष्ट्रभरका साना व्यवसायहरूको उपलब्धि र योगदानहरूलाई सम्मान गर्ने वार्षिक कार्यक्रम हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वभर ग्राहकहरूको बढ्दो सूचीको साथ साइनसीक्सले एसबीएका ट्रेड उपकरणहरूलाई तिनीहरूको राजस्व बढाउन र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय व्यापारका अन्य धेरै फाइदाहरू प्राप्त गर्न काम गरेको एसबीएककी प्रमुख इसाबेला कासिलास गुजम्यानले बताइन् । यो वर्ष राष्ट्रिय साना व्यवसाय सप्ताह मनाउँदै गर्दा साइनसीक्सका मालिक राज, र टोलीका नेता रञ्जन र लिसालाई बधाई दिन पाउँदा खुसी भएको उनले बताइन् ।

उनीहरुले उपलब्ध उपकरण र स्रोतहरू विश्वव्यापी रूपमा आफ्नो नवीन व्यवसाय बढाउनको लागि प्रयोग गरेको एसबीएको भनाई छ । कम्पनीको कडा परिश्रम र लगनले उनीहरूलाई स्वदेशी र विदेशमा सफलता पाउन प्रेरित गरेको तथा एसबीएको स्टेप अनुदान कार्यक्रमबाट प्राप्त रकमले उनीहरूको अन्तर्राष्ट्रिय बिक्री बढाउनमा भूमिका खेलेको देख्दा आफूहरुले खुशी भएको एसबीएका अधिकारीले बताएका छन् ।

सन् १९८५ मा यसको स्थापना भएदेखि कम्पनीले हाइ पर्फमेन्स लिक्वीड क्रोमेटोग्राफी र मास स्पेक्ट्रोमेट्री भागहरू निर्माण गरेको छ, जसको प्रयोगहरूमा औषधि परीक्षण, प्रदूषण विश्लेषण, कीटनाशक पत्ता लगाउने लगायत समावेश छ। कम्पनीको नर्थ क्यारोलिनामा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको छ ।

नर्थ क्यारोलिनाको साना व्यवसाय र प्रविधि विकास केन्द्रको सहयोगमा यो कम्पनीले सन् २०२१ मा २४ हजार डलरको स्टेप अनुदान पाएको थियो । यो सहायता अन्तर्राष्ट्रिय व्यापार शोहरूमा भाग लिन, विदेशी वितरकहरू भेट्न र वेबसाइट अन्तर्राष्ट्रियकरण गर्नमा प्रयोग गरिएको थियो ।

फलस्वरूप निर्यातले अब कम्पनीको कुल बिक्रीको एक तिहाइ हिस्सा ओगटेको छ, जसले बिक्रिलाई स्टेप अनुदान पाउनु अघिको वर्ष २०२० बाट १० प्रतिशतले वृद्धि गरेको छ। अहिले यसका उत्पादनहरूले सबै महाद्वीपहरू फैलिएका १०० भन्दा बढी देशहरूमा अनुसन्धान प्रयोगशालाहरूलाई सहयोग गर्दछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com