मलेसियामा ४ सयभन्दा धेरै विदेशी पक्राउ


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गरिएको एक प्रति आतंकवादी कारवाहीका कारण चार सय भन्दा बढी विदेशीहरु पक्राउ गरिएको बताइएको छ।

पक्राउ परेका मध्ये सबभन्दा धेरै बांग्लादेश, भारत र पाकिस्तानका नागरिक छन्।

मलेसियाली अधिकारीहरुले भनेका छन् – उनीहरुले यात्रा गर्नका लागि कागजात नबोकेका वा झुठो विवरणका कागजात भएका व्यक्तिहरुलाई निशानामा पारेका थिए।

साथै, सिरिया र ईराकका आंतकवादी संगठनहरुसँग आबद्ध भएका पनि निशानामा थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ गर्नका लागि एक अपार्टमेन्टमा प्रवेश गर्दा अधिकारीहरुले नक्कली राहदानी बनाउने उपकरण र मलेसियाली आप्रवासनका स्टीकरहरु फेला पारेका थिए।

मलेसियाली प्रहरीले छापा मार्ने क्रममा अन्तर्राष्ट्रिय आणविक उर्जा निकायले उपलब्ध गराएको रेडियोधर्मी सामाग्रीहरु पत्ता लगाउने उपकरणहरु पहिलोपटक पहिरिएको बताएको छ।

तर कारवाहीका क्रममा त्यस्ता रेडियोधर्मी वस्तु भने फेला परेका थिएनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com