जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत


प्रकाशित मिति : बैशाख १६, २०८० शनिबार

जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ ।

जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प रहेको थियो । यसका लागि सामान्यतया पति वा पत्नी वा सम्बन्धित केटी साथीको सहमति आवश्यक पर्दछ ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य अधिकारीहरूलाई एक सूचना जारी गर्दै बेलायती औषधि कम्पनी ‘लाइन फार्मा’ले बनाएको औषधिलाई स्वीकृति दिएको जनाएको छ ।

औषधि निर्माताले आफ्नो उत्पादन, मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको दुई चरणको उपचार, डिसेम्बरमा जापानमा स्वीकृतिको लागि पेश गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९८८ मा पहिलो पटक गर्भपतनको चक्कीलाई स्वीकृति दिएको फ्रान्स र सन् २००० देखि उपलब्ध हुँदै आएको संयुक्त राज्य अमेरिकालगायत थुप्रै देशमा पनि यस्तै औषधि उपलब्ध छ ।

नौ हप्तासम्मको गर्भ फाल्नका लागि यो चक्कीको स्वीकृति मन्त्रालयको प्यानलको अनुमोदनपछि गरिएको थियो । हजारौं सार्वजनिक रायहरू प्रस्तुत भएपछि यसलाई एक महिनाका लागि स्थगित गरिएको थियो ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार गर्भपतनको चक्की र चिकित्सकीय परामर्शको कुल लागत करिब एक लाख येन (७०० अमेरिकी डलर) हुनेछ । गर्भपतनलाई सार्वजनिक स्वास्थ्य बिमाले समेटेको छैन ।

अहिले जापानमा चिरफार विधिद्वारा हुने गर्भपतनका लागि एक लाखदेखि दुई लाख येनसम्म खर्च हुन सक्छ ।

मिफेप्रिस्टोन हालैका हप्ताहरूमा अमेरिकी अदालती लडाईंको केन्द्रमा रहेको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको व्यापक रूपमा प्रयोग हुने औषधिको पहुँचलाई अस्थायी रूपमा सुरक्षित राखेको छ । उक्त अदालतले तल्लो अदालतहरूको निर्णयलाई रोक लगाएको छ जसले यसको उपलब्धतालाई प्रतिबन्धित वा कडा रूपमा प्रतिबन्धित गरेको थियो ।

जापानका अभियानकर्ताहरूले पनि बिहान–पछिको चक्कीको राम्रो पहुँचको लागि जोड दिइरहेका छन्, जसले गर्भावस्थालाई रोक्छ ।

जापानमा हाल चिकित्सकको अनुमतिबिना आपतकालीन गर्भनिरोधक खरिद गर्न पाइँदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com