इन्स्टाग्राममा प्रयोगकर्ताले विताउने समयमा २४ प्रतिशत बृद्धि, मेटाका एपमा दैनिक ३ बिलियन मानिस


प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार

person holding black samsung android smartphone

मेटाले टिकटकको लागि चुनौतीपूर्ण रिल सुरु गरेपछि मानिसहरूले इन्स्टाग्राममा बढी समय बिताउन थालेका छन् । प्रयोगकर्ताहरुले इन्स्टाग्राममा विताउने समयमा २४ प्रतिशत बृद्धि भएको उल्लेख गर्दै सीईओ मार्क जुकरबर्गले यसको श्रेय उनीहरूको फिडहरूमा सामग्री सिफारिस गर्ने आर्टिफिशियल इन्टेलिजेन्सलाई दिएका छन् ।

मेटाले बुधबार पहिलो त्रैमासिक आय रिपोर्ट गरेको छ, जसले नाफा र राजस्व दुवैमा वाल स्ट्रीटको मामूली अपेक्षाहरू पार गरेको छ । सीईओ मार्क जुकरबर्गले कम्पनीको आर्टिफिशियल इन्टेलिजेन्सले मेटाका एप्सहरु र ब्यापारमा राम्रो नतिजा ल्याएको बताएका छन् ।

फेसबुक र इन्स्टाग्राम दुवै फिडहरूमा २० प्रतिशतभन्दा धेरै प्रयोगकर्ताहरूले सामाग्रीहरु आफूले फलो नगरेका एकाउन्टबाट आर्टिफिशियल इन्टेलिजेन्सले गरेको सिफारिसका आधारमा कसरी हेर्छन् भन्नेबारे समेत जुकरबर्गले बताए । सबै इन्स्टाग्राममा प्रयोगकताएले देख्ने सामग्रीको लगभग ४० प्रतिशत एआईले सिफारिस गर्दै आएको छ ।

सन् २०२० मा इन्स्टाग्रामले तीव्र रूपमा बढिरहेको टिकटक एपसँग प्रतिस्पर्धा गर्ने प्रयासमा यसको छोटो भिडियो फिचर रिलको सुरुवात गरेको हो । ९० सेकेन्ड भन्दा साना रीलहरू अरूलाई सिफारिस गरिने र इन्स्टाग्राममा धेरै व्यक्तिहरूले देख्न योग्य हुने गर्छन् । खाताहरू जडान भएमा भिडियोहरू फेसबुकमा पनि शेयर गर्न सकिन्छ।

फेसबुक र इन्स्टाग्राम दुबैमा रिल द्रुत रूपमा बढ्दै गएको जुकरबर्गले बताए । दिनहुँ २ बिलियन भन्दा बढी पटक रिलहरू पुन शेयर गरिएका छन् । पछिल्लो छ महिनामा यो दर दोब्बर भएको छ ।

मार्चमा हरेक दिन ३ बिलियन मानिसहरूले मेटाको यसको कम्तिमा एउटा एप फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप वा मेसेन्जरमा लग इन गरेका छन् । फेसबुक अझै पनि यसको सबैभन्दा ठूलो प्लेटफर्म र विज्ञापन राजस्वको सबैभन्दा ठूलो स्रोत हो । जसका २ बिलियन दैनिक प्रयोगकर्ता र झण्डै ३ बिलियन मासिक प्रयोगकर्ताहरू छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com