अमेरिकामा ९१ बर्षीया हजुरआमाले कर तिर्न नसक्दा यसरी गुमाइन् अपार्टमेन्ट


प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार

persons left hand with red manicure

अमेरिकी सर्वोच्च अदालतले बुधवार एक ९१ वर्षीया मिनियापोलिस हजुआरमाको मुद्दामा बहस सुनेको छ । ती हजुरआमाको अपार्टमेन्ट हेन्नेपिन काउन्टीले सम्पत्ति कर तिर्न असफल भएको कारण कब्जा गरेको थियो। अमेरिकामा कम्तिमा एक दर्जन राज्यहरूले कर तिर्न नसकेकाहरु घरहरू यसरी कब्जा गरेर बिक्री गर्ने तरिका अपनाउँदै आएका छन् ।

जेराल्डिन टायलरले सन् १९९९ मा मिनियापोलिसमा अपार्टमेन्ट किनेर २०१० सम्म त्यहाँ बसेकी थिइन् । उनी ८१ वर्षको उमेरमा आफ्ना बच्चाहरूको आग्रहमा बृद्धबृद्धा बस्ने केन्द्रमा सरिन्। त्यस पछि उनले अपार्टमेन्टको कर तिर्न बन्द गरिन्, जुन उनको स्वामित्वमा थियो। काउन्टीले उनलाई कर भुक्तान नगरेमा अपार्टमेन्ट गुम्न सक्ने जोखिममा रहेको बारम्बार सूचित गरेको थियो । सन् २०१५ सम्म उनले नतिरेको कर, ब्याज र शुल्कहरू गरी १५ हजार डलर तिर्न बाँकी रहेको थियो ।

त्यसपछि काउन्टीले राज्यको कानून अन्तर्गत सम्पत्ति कब्जा गरेर कन्डोलाई लिलामीमा ४० हजार डलरमा बेच्यो। तर कम्तिमा एक दर्जन अन्य राज्यहरूले जस्तै यसले टायलरलाई बिक्रीबाट आएको रकमबाट तिर्नुपर्ने रकम तिरेपछि बचेको २५ हजार डलर फिर्ता गरेन ।

woman in gold dress holding sword figurine

प्यासिफिक लिगल फाउन्डेसनको प्रतिनिधित्वमा टायलर पछि अदालत गइन् । अतिरिक्त रकमसमेत आफूसँग राखेर काउन्टीले उनको सम्पत्ति असंवैधानिक रूपमा कब्जा गरेको उनले तर्क गरिन् । प्यासिफिक लिगल फाउन्डेसनकी वकिल क्रिस्टिना मार्टिनले त्यसलाई घरको इक्विटी चोरी बताएकी छिन् । किनभने यसमा सरकारी चोरीलाई कानुनी मान्यता दिइएको उनको तर्क छ ।

काउन्टीसँग कर नतिरेको कारण टायलरको सम्पत्ति लिने अधिकार भएपनि सरकारले तिनुपर्ने भन्दा बढी रकम लिनु गलत भएको मार्टिनको भनाई छ । यो असंवैधानिक रहेको उनले बताइन् । तर काउन्टीले टायलरको घर कब्जाको बारेमा धेरै फरक कथा बताउँछ।

काउन्टीले नाफा नकमाउने यसका वकिल रेबेका होल्सुहको भनाई छ । होल्सुहका अनुशार घरमालिकहरू घर जफत हुनबाट बच्ने विभिन्न तरिकाहरू छन् । राज्यसँग मानिसहरूलाई १० वर्षको अवधिमा तिर्न तिर्न अनुमति दिने भुक्तान योजना पनि छ । टायलर जस्ता बृद्धाहरुका लागि उनीहरूको वार्षिक आयको ३ प्रतिशत भन्दा बढी तिर्न नपर्ने कार्यक्रम पनि छ।

राज्यले घरधनीहरूलाई जबर्जस्ती गर्नु अघि पाँच वर्षको समय दिन्छ । उनीहरुले यो अवधिमा घर पुनर्वित्त गर्न र कर फिर्ता गर्न, कर भुक्तानी योजनामा ​​​​प्रवेश गर्न, वा घर बेचेर नाफा कमाउन सक्छन् । काउन्टीका अनुशार जफतको समयमा टायलरको घरमा कुनै इक्विटी थिएन किनभने उनले मोर्गेजमा ४८ हजार डलर र ११ हजार घर मालिकको संघ शुल्क तिर्न बाँकी थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com