नेपालमै पहिलो समलिंगी विवाह (भिडियो)


प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार

समलिंगी विवाहको कानुन निर्माण भइरहेका बेला डडेल्धुरा जिल्लामा एक समलिंगी जोडीले विहे दर्ता गराएका छन्। जिल्लाको भित्रीमधेशका रुपमा चिनिने परशुराम नगरपालिकामा समलिंगी विहे दर्ता भएको हो।

स्थानीय रमेश नाथले वैशाख २४ गते समाजिक परम्परा अनुसार कैलालीको लम्किीचुहा नगरपालिका १ की मोनिका शाहीसंग विवाह गरेका थिए। उनीहरुले परशुराम नगरपालिका पुगरे विहे दर्ता गराएका हुन्। समलिंगी विहे दर्ता जिल्लामै मात्र पहिलो नभएर देशमै पहिलो पटक भएको नगरपालिकाको दावी छ। कतिपयले त यसलाई दक्षिण एसियामै पहिलो पटक समलिंगी विहे दर्ताका रुपमा लिएका छन्।

लामो समय देखि समलिंगी अधिकारकर्मीका रुपमा क्रियाशील मोनिकाले नेपालमै पहिलो पटक ‘अन्य’ लिंग उल्लेख गरी राहदानी बनाएकी थिइन। नेपालमै पहिलो पटक विहे दर्ता गराएको यो जोडी यति बेला भने निकै तनावमा छ। कारण हो, मोनिका शाहीले सुरुमा विवाह पूर्व लिएको नागरिकताका कारण। नागरिकतामा उनको नाम मनोज शाही छ। तर उनी यतिबेला त्यो नाम परिवर्तन गरेर मोनिका शाही लेख्न चाहिन्छिन्।

नागरिकतामा भएको मनोज नाम सच्याउने यो जोडीको चाहना भने सजिलै पुरा हुने स्थिति छैन । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नाम परिवर्तन सम्भव नभएको बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले भने, ‘पहिला उनले लिएको नागरिकतामा मनोज नाम छ, अब यो नाम परिवर्तन गर्न गाह्रो छ, कानुन बाहिर गएर हामीले कुनै निर्णय गर्न सक्दैनौं।’

तर उनले आफुहरु नागरिकको व्यक्तिगत अधिकारप्रति भने सचेत रहेको बताए। मोनिकाको राहदानी, नागरिकता र विवाह दर्तामा मनोज शाही नाम नै उल्लेख भएकाले पनि नाम सच्याउने काम केही जटिल देखिएको प्रशासनका अधिकारीहरु बताउँछन्। यो जोडीले साउन ६ गते विहे दर्ता गराएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com