बेपत्ता भएका १० जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ ।

कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए । पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।

स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शबको पहिचान हुन सकेको छैन ।

लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् ।-सांकेतिक तस्विर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com