कुस्ती महासंघका अध्यक्ष सिंहविरुद्ध महिला पहलवानले फेरि सुरु गरे हडताल


प्रकाशित मिति : बैशाख १०, २०८० आईतबार

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण सिंहमाथि महिला पहलवानलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने पहलवानहरूले जन्तर मन्तरमा धर्ना जारी राखेका छन् ।

आइतबार दिउँसोदेखि नै पहलवानहरूले दिल्लीको जन्तर मन्तरमा सिंहको विरोध गरिरहेका छन्। बृजभूषण सिंहविरुद्ध उजुरी गरेको तीन महिना भइसक्दा पनि न्याय नपाएको पहलवानहरूले बताएका छन् । अहिलेसम्म एफआईआर दर्ता भएको छैन ।

पहलवानहरूले भने, “हामीलाई एफआईआर दर्ता गर्न भनिएको छ। हामी एफआईआर दर्ता गर्न जाँदैछौं तर पुलिसले सुनेको छैन।” यद्यपि, दिल्ली पुलिस भन्छ ‘सातवटा उजुरी प्राप्त गरेको छ । यसको बारेमा अनुसन्धान गरिरहेका छौँ।’

यसैबीच, दिल्ली महिला आयोगले पुलिसलाई एफआईआर दर्ता गर्न भनेको छ। आइतबार बजरंग पुनिया, विनेश फोगाट र अन्य पहलवानहरूले जन्तर मन्तरमा ब्रजभूषण सिंहको बिरूद्ध फेरि विरोध गर्न थाले।

उनीहरुसँग रवि दहिया र साक्षी मलिक जस्ता रेस्लर पनि संलग्न थिए ।

भारतीय कुस्ती महासङ्घका अध्यक्ष बृजभूषण सिंहविरुद्धको यौन दुर्व्यवहारको उजुरीबारे छानबिन गर्ने पर्यवेक्षण समितिको प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्ने उनीहरुको भनाइ छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com