दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए
प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार
US Vice President Kamala Harris delivers remarks on the administration’s efforts to combat the climate crisis and build community resilience against extreme weather, at the National Oceanic and Atmospheric Association Coastal Resilience Funding Annoucement event at the University of Miami in Miami, Florida, on April 21, 2023. (Photo by Giorgio Viera / AFP)
अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आज त्यहाँबाट निकालिएको हो ।
अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पु¥याएका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ । उहाँले उद्धारमा अमेरिकी सेनालाई सघाएकामा जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना कर्मचारी र सैनिकको प्रशंसा पनि गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झण्डै एक सय जना कूटनीतक कर्मचारी तिनका परिवारजनलाई हेकिप्टर प्रयोग गरेर दूतावास भवनबाट बाहिर निकालेको थियो । तीनवटा चिनुक हेलिकप्टर अमेरिकी सेनाका अधिकारी जिबुटी, इथियोपिया हुँदै सुडान पुगेका थिए ।
अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द छ । अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने बताएको छ । उनीहरूलाई सुरक्षित रुपमा त्यहाँबाट निकाल्न पनि कठिन भएको जनाइएको छ ।
शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो । कूटनीतिज्ञ र अन्तरराष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानाडका नागरिक छन् ।
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा चार सय जनाले ज्यान गुमाएका छन्भने करिब चार हजार जना घाइते भएका छन् ।
सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन्भने सहायताका काममा अवरोध उत्पन्न भएको छ ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।
सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।





