अमेरिकामा फ्लुका कारण १ सय दिनमा,१९ हजारभन्दा बढीको मृत्यु


प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।

तथ्याङ्क अनुसार यो बर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ ।

यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको छ । सीडीसीको तथ्याङ्कअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन् ।

अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ ।

फ्लु रोगको उपचारमा प्रयोग गर्न सकिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि छन्, जसलाई जतिसक्दो चाँडो सुरु गर्न आवश्यक छ ।-फाईल फोटो

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com