“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै


प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ ।

मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गर्रेर सघन छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो फोरम चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र शाङहाई म्युनिसिपल पिपुल्स गभर्नमेन्टले संयुक्तरूपमा आयोजना गरेको हो ।

“चिनियाँ आधुनिकीकरण र विश्व” भन्ने नारा अन्तर्गत यस फोरमले चीनको नयाँ विकास, विश्वव्यापी असल शासन, जनतासँगको निकटतालगायतका विषयमा गहिरो विचारको आदानप्रदानका लागि तीन प्यानल सत्र र व्यापारी समुदायसँग दिवाभोज गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com