विदेश बसेर १२०,००० डलर सम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने


प्रकाशित मिति : फाल्गुन ४, २०८० शुक्रबार

a stack of money sitting on top of a white table

२०२३ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १ लाख २० हजारसम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले स्पष्ट पारेको छ । सन् २०२३ का लागि विदेशमा कमाएको १ लाख २० हजारसम्मको ट्याक्समा छुट प्राप्त हुने आईआरएसले जनाएको हो ।

१२ महिनाको अवधिमा कम्तीमा ३३० दिन बसेको व्यक्तिले विदेशमा कमाएको रकममा कर छुट प्राप्त गर्नेछन् । त्यसका लागि कुनै बर्षको १२ महिना हुन आवश्यक छैन, दुईबर्षको १२ महिनापनि हुनसक्छ । उदाहरणका लागि २०२२ को जुन महिनादेखि २०२३ को जुन महिनासम्म १२ महिनाको अवधिमा ३३० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको भएतापनि यो रकम २०२२ र २०२३ को ट्याक्समा छुट पाउन सकिन्छ ।

black ceramic mug beside white printer paper

यदि कुनै कारणवश अमेरिकामा १२ महिनाको अवधिमा ३४ दिनभन्दा बढी बस्नु परेको खण्डमा भने विदेशमा कमाएको आम्दानीको ट्याक्स तिर्न नपर्ने छुट गुम्न सक्छ । विदेशमा कमाएको आम्दानीमा छुट पाउनका लागि उक्त देशमा बैध रुपमा काम गर्ने अधिकारप्राप्त हुनुपर्छ ।

पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म कुनै विदेशी मुलुकको वास्तविक निवासी रहेको अमेरिकी नागरिकले पनि विदेशमा गरेको आम्दानीमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै अमेरिकाको आयकर सम्बन्धि सन्धी सम्झौता भएको मुलुकको नागरिक अमेरिकाको बासिन्दा भएको खण्डमा पनि उसले विदेशमा कमाएको आम्दानीमा करछुट हुनसक्छ । तर त्यो व्यक्ति पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म विदेशी मुलुकमा बसेको हुनुपर्छ ।

सन् २०१९ मा १ लाख ५ हजार ९ सय डलरसम्म र सन् २०२० मा १ लाख ७ हजार ६ सय डलरसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । त्यस्तै २०२१ मा १ लाख ८ हजार ७ सयको थ्रेसहोल्ड रहेकोमा २०२२ का लागि १ लाख १२ हजारसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com