नर्थ क्यारोलाइनामा मनाइयो सातौँ नेपाल डे


प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार

– ऋषि बस्ताकोटी

शनिवार नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा सातौँ नेपाल डे मनाइएको छ । टाउन अफ मोरिस्भिलका मेयर टि जे कउली तथा नर्थ क्यरोलाइना राज्यका एशियाली मूलकी संसद सदस्य मारिया सर्भानियाद्वारा संयुक्त रूपमा उदघाटित कार्यक्रममा विशेष अतिथि स्टेट सेक्रेटरि इलेन मार्शल, वेक काउन्टीका कमिस्नर सेरिल स्टलइन्ग्स, टाउन अफ मोरिस्भिलका पूर्व मेयर मार्क स्टलम्यान, उपमेयर लिज़ जोन्सन, काउन्सिलम्यानद्वय स्टीव राव तथा सतिश गरिमेला लगायतका सरकारी प्रतिनिधिहरुको उपस्थिती थियो।

एनसीएनसीका अध्यक्ष आर पी पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसीका महासचिव डा. केशव पौडेल, नेपालका पूर्व सांसद ऋषिकेश तिवारी लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रम आयोजना गरेकोमा एनसीएनसीलाई धन्यवाद दिनु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब १२ सय सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवात पन्चकन्या र कुमारी सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका सहभागीहरुको परेड मार्फत भएको थियो। स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिट पार्कमा आयोजित सो कार्यक्रममा विविध नेपाली परिकारका स्टलहरुका साथै स्थानीय व्यवसायी तथा विभिन्न गैरसरकारी संस्थाहरुको स्टल समावेश थियो।

नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाली मूलका विद्यार्थी स्वागत अधिकारीलाई १५०० डलर राशीको सुजनपरिता छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रममा नेवारी बौद्ध समुदायको परम्परागत चर्या नृत्यसँगै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

‘नर्थ क्यारोलाइनावासी नेपालीहरुको अपार उपस्थितिले सातौँ नेपाल डे लाई भव्य रूपमा सम्पन्न गर्न मद्दत गरेको छ। यो उपस्थितिले हामीलाई आगामी दिनहरुमा हाम्रा कार्यक्रमहरुलाई अझै सशक्त र प्रभावकारी बनाउने प्रेरणा मिलेको छ।’ एनसिएनसिका महासचिव डा. विकास शाक्यले भने, ‘विगतका नेपाल डे मा भन्दा बढी गुणस्तरीय एवं व्यवस्थित कार्यक्रम पस्कन सकेकामा हामी गौरवान्वित छौं। ’

कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ।

‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एनसिएनसिका अध्यक्ष आरपी पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने छ।’

अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना, क्यालिफोर्निया लगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली समुदायले आरटीपी क्षेत्रको विविधता र विकासमा ठूलो योगदान दिएको बताउनुभयो। कार्यक्रममा युवा नेतृ हिसी उलकले अमेरिकी विश्वोविद्यालयमा दक्षिण एशियाली मूलको विद्यार्थी नेतृका रूपमा आफ्ना अनुभव र चुनौतीका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो ।

नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत सन् २०१७ देखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन ”नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com