अस्पतालमा भएको आगोबाट मृत्यु हुनेको संख्या २९ पुग्यो


प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार

चीनको बेइजिङस्थित एक अस्पतालमा भएको आगोलागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।

उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए । आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com