चीनले तीव्र गतिमा आणविक हतियारहरू बढाउँदैछ : नेटो


प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार

(230228) — BEIJING, Feb. 28, 2023 (Xinhua) — Xi Jinping, general secretary of the Communist Party of China (CPC) Central Committee, makes an important speech at the second plenary session of the 20th CPC Central Committee in Beijing, capital of China. The plenary session was held from Feb. 26 to 28, 2023. (Xinhua/Ju Peng)

नेटोले सन् २०३५ सम्ममा चीनसँग करिब १५०० आणविक हतियार हुने अनुमान गरेको छ । नेटो सचिव जेन्स स्टोल्टेनबर्गले भने, “दीर्घकालिन रुपमा हामीले अझ खतरनाक र प्रतिस्पर्धात्मक संसारमा हाम्रो दृष्टिकोण पुनर्विचार गर्न आवश्यक छ। यसको अर्थ सन् २०३५ सम्ममा १५०० आणविक हतियार हुने अनुमान गरिएकाले चीनसँग वार्ता गर्नु महत्त्वपूर्ण छ।” “विश्व शक्तिका रूपमा चीनसँग विश्वव्यापी जिम्मेवारीहरू छन् र चीनले हतियार नियन्त्रण सम्झौताहरूमा पारदर्शिताबाट पनि फाइदा लिनेछ।”
स्टोल्टनबर्गले भने “हामी चीनलाई शत्रु मान्दैनौं, तर चीनले हाम्रो हित, नेटोको मूल्य र हाम्रो सुरक्षामा केही चुनौतीहरू खडा गर्दछ। त्यसैले चीनसँग वार्ता गर्नु झनै जरुरी छ ।”
नेटोले आफ्नो विज्ञप्तिमा, चीनले हतियारको मामिलामा पारदर्शिता नराखेको र आणविक हतियारको भण्डारमा निरन्तर वृद्धि गरिरहेको बताएको छ ।
यसै क्रममा अमेरिकी उप-विदेशमन्त्री वेन्डीले भने , “हामी यो स्पष्ट गर्न चाहन्छौं कि अमेरिका चीनसँग कुनै विवाद चाहँदैन, तर ऊ राम्रो प्रतिस्पर्धी बन्न चाहन्छ र हामी चीनसँगको प्रतिस्पर्धालाई अगाडि बढाउनेछौँ ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com