अमेरिकी राष्ट्रपतिको ट्याक्स विवरण सार्वजनिक, गतबर्षको आय ५ लाख ८० हजार, उपराष्ट्रपतिको कति?


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

President Joe Biden, joined by Vice President Kamala Harris, after delivering remarks on the CDC’s updated guidance on mask wearing for vaccinated individuals Thursday, May 13, 2021, in the Rose Garden of the White House. (Official White House Photo by Adam Schultz)

आज अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडेन र पत्नी जिल बाइडेनले यसबर्ष फाइल गरेको ट्याक्स फाइलको विवरण सार्वजनिक गरेका छन् । उनीहरुले मंगलबार यसबारेका विवरणहरु सार्वजनिक गरेका हुन्, जसमा बाइडेन दम्पत्तिको कुल आम्दानी ५ लाख ७९ हजार ५ सय १४ डलर रहेको र कुल कर १ लाख ६९ हजार ८ सय २० डलर तिरेको देखिएको छ । उनीहरुले २३ दशमलव ८ प्रतिशतको दरले कर तिरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र पत्नी जिल बाइडेनले यसबर्ष फाइल गरेको ट्याक्स फाइलको विवरण

अमेरिकी राष्ट्रपति जो बाइडेन र पत्नी जिल बाइडेनले यसबर्ष फाइल गरेको ट्याक्स फाइलको पूर्ण विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।

ह्वाइट हाउसबाट अप्रिल १८ मा अमेरिकी कर दाखिल गर्ने अन्तिम मितिमा यसको घोषणा अपेक्षित रहेको थियो । सिनेटमा तीन दशक भन्दा बढी सेवा गरेका बाइडेनले अब कुल २५ वर्षको ट्याक्सका कागजातहरु सार्वजनिक गरिसकेका छन् । राष्ट्रपतिका रुपमा वा उम्मेद्वारका रुपमा डोनाल्ड ट्रम्पले भने स्वेच्छिक रूपमा आफ्नो कर रिटर्न कहिले पनि सार्वजनिक गरेनन् ।

बाइडेनले कर विवरणहरु सार्वजनिक गर्दै राष्ट्रपतिको मान्यता र परम्पराहरूमा फर्किने कुराको प्रतिनिधित्व गर्ने बताएका थिए । बाइडेन दम्पत्तिले २०२२ मा २० बिभिन्न परोपकारी संस्थाहरूलाई २० हजार १८० डलर योगदान गरेको रिटर्नले देखाएको छ। सबैभन्दा धेरै ५ हजार डलर ब्यू बाइडेन फाउन्डेशनलाई प्रदान गरिएको थियो, जसले बालबालिकालाई दुर्व्यवहारबाट बचाउन काम गर्दछ।

सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएका बाइडेनका दिवंगत छोराको सम्मानमा परोपकारी संस्था स्थापना गरिएको थियो। ब्यू बाइडेन डेलावरका पूर्व एटोर्नी जनरल समेत थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन दम्पतीले नेशनल फ्राटरनल अर्डर अफ पुलिस फाउन्डेसनलाई २ हजार डलर र सेन्ट जोसेफलाई ब्रान्डीवाइनमा १६८० डलर डोनेशन गरेका छन् । यो उनीहरुको गृह क्षेत्रमा रहेको चर्च हो, जुन राष्ट्रपतिले डेलावरको घरमा सप्ताहन्तमा जाँदा नियमित रूपमा भ्रमण गर्छन्। बाइडेन आजीवन क्याथोलिक हुन् ।

सन् २०२१ मा बाइडेनको राष्ट्रपतिको रूपमा पहिलो वर्षमा बाइडेन दम्पत्तिले ६ लाख १० हजार ७ सय २ डलर आम्दानीको ट्याक्स फाइल गरेका थिए । उनीहरुले २४ दशमलव ६ प्रतिशतको दरमा १ लाख ५० हजार ४ सय ३९ डलर संघीय कर तिरेका थिए । गतबर्ष भने उनीहरुको आम्दानी २०२१ को तुलनामा केही घटेको छ ।

ह्वाइट हाउसले मंगलबार उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्होफको कर विवरण पनि सार्वजनिक गरेको छ । कुल मिलाएर ह्यारिसले सार्वजनिक सेवामा आफ्नो लामो करियरको अवधिमा १९ वर्षको कर विवरण सार्वजनिक गरेकी छिन् ।

उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्होफको कर विवरण

ह्यारिस र एमहोफले २०२२ को लागि संघीय आयकरमा ४ लाख ५६ हजार ९ सय १८ डलर आम्दानी गरेको विवरण बुझाएका छन् । उनीहरुले २० दशमलव ५ प्रतिशतका दरले संघीय करबापत ९३ हजार ५ सय ७० डलर तिरेका छन् ।

उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एम्होफको कर  पूर्ण विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।

एक वर्ष अघि ह्यारिस र एमहोफले १६ लाख ५५ हजार ५६३ डलर आम्दानी गरेको कर विवरण सार्वजनिक गरेका थिए । उनीहरुले २०२१ मा ३१ दशमलव ६ प्रतिशतका दरले संघीय कर तिरेका थिए । त्यो आम्दानीको ठूलो हिस्सा एमहोफको कानुनी फर्मबाट भएको कमाइ थियो, जहाँ उनले ह्यारिस उपराष्ट्रपति निर्वाचित भएपछि कानूनी क्षेत्र छोड्नु अघि काम गरेका थिए ।

२०२२ मा ह्यारिस दम्पतीले परोपकारमा २३ हजार डलर योगदान गरेका छन् । जसमध्ये हावर्ड विश्वविद्यालय र साउदर्न क्यालिफोर्निया विश्वविद्यालय मामा डोनेशन गरिएको थियो । हावर्डबाट ह्यारिसले उनको स्नातक डिग्री प्राप्त गरेकी थिइन् भने साउदर्न क्यालिफोर्निया विश्वविद्यालयबाट एमहोफले आफ्नो कानूनको डिग्री हासिल गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com