चीनको एक अस्पतालमा आगलागी,२१ जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो ।

आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो । ज्यान गुमाउनेमध्ये कति जना बिरामी थिए खुलिसकेको छैन ।

अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसअघि सन् २०१७ मा एउटा भवनमा भएको आगलागीबाट १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछिका वर्षमा चीनमा भएको यो अर्को ठूलो आगलागीको घटना हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com