समर राइजिङ: न्युयोर्क सिटीमा ८ कक्षासम्मका विद्यार्थीका लागि नि:शुल्क कार्यक्रम


प्रकाशित मिति : बैशाख ४, २०८० सोमबार

two girls writing on paper

न्युयोर्क शहरका पब्लिक स्कूलका कक्षा ८ देखि कक्षाका विद्यार्थीहरूका लागि समर राइजिङ नामको नि:शुल्क कार्यक्रममा समावेश हुन मेयर एरिक आडम्सले अनुरोध गरेका छन् । यो कार्यक्रमले बालबालिकाहरुलाई एक सुरक्षित, रमाइलो र समृद्ध विकल्प प्रदान गर्ने जनाइएको छ ।

समरको समय बच्चाहरुको लागी एक राम्रो समय भएपनि। काम गर्ने अभिभावकहरुको लागी भने चुनौतीपूर्ण समय हो। उनीहरूको हेरचाह गर्न परिवार वा विश्वसनीय साथीहरू नभएको अवस्थामा कुनै पनि आमाबाबुले आफ्नो बच्चालाई घरमा छोड्न चाहँदैनन् । समरमा पढाइमा पनि क्षति हुने र समरमा विद्यार्थीहरूले विद्यालय वर्षमा सिकेका कुराहरूको लगभग ४० प्रतिशत गुमाउन सक्ने भएकाले समर राइजिङ कार्यक्रममा समावेश हुन सुझाव दिइएको छ ।

समर राइजिङमा विहान ८ बजेदेखि ६ बजेसम्म सिकाइ, कला गतिविधिहरू, यात्राहरू र खेलकुद गतिविधिहरु हुन्छन् । पछिल्लो समरमा विद्यार्थीहरूले विभिन्न देशहरूको खाना, भाषा र संस्कृतिमा केन्द्रित हुने वर्ल्ड एक्सप्लोरर लगायतका विभिन्न कार्यक्रमहरूमा भाग लिएका थिए । तिनीहरूले पिंग पङ र किकबल खेलेका थिए भने पोषण कक्षाहरूमा भाग लिनुका साथै ताजा तरकारीहरू पकाउन सिकेका थिए । तिनीहरू ब्रोन्क्स चिडियाखाना, एक्वेरियम, लिंकन सेन्टर, न्युयोर्क लिबर्टी बास्केटबल खेलहरूको यात्रामा जानुका साथै बायोबसको भ्रमण गरेका थिए ।

समर राइजिङ सत्र ५ कक्षासम्मका विद्यार्थीहरूका लागि जुलाई ५ देखि अगस्ट १८ सम्म र ६ देखि ८ कक्षाका विद्यार्थीहरूको लागि जुलाई ५ देखि अगस्ट ११ सम्म चल्नेछ । विद्यार्थीहरूले बिहानको खाजा, दिउँसोको खाना र खाजा पाउँछन् । अपाङ्गता भएका विद्यार्थीहरूले उनीहरूलाई आवश्यक पर्ने सहयोग प्राप्त गर्छन्। १ लाख १० हजार समर राइजिङ सीटहरूको लागि प्राथमिकता अस्थायी आवास, पालनपोषण हेरचाह र १२ महिना आईईपी भएका विद्यार्थीहरूलाई दिइनेछ।

कार्यक्रममा सहभागी हुनका लागि यहाँ क्लीक गर्नुहोला ।

आवेदन दिने अन्तिम म्याद मे १ सम्ममात्र रहेको छ । तपाईले एक हप्ता पछि तपाईको बच्चाले सिट प्राप्त गरेको छ कि छैन भन्नेबारे इमेल पाउनुहुनेछ ।

बालबालिकाहरु घरमै बसेर इन्टरनेट सर्फिङ गर्नुको सट्टा सुरक्षित वातावरणमा सिक्न र आफ्ना साथीहरूसँग मिलन तथा न्युयोर्क सिटीका आकर्षणहरू अनुभव गर्नु अत्यन्तै महत्वपूर्ण रहेको मेयर आडम्सले बताएका छन् । आफूले आवेदन दिन र यो अवसरमा रुचि राख्ने अन्य अभिभावकहरूलाई जानकारी दिन समेत उनले अनुरोध गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com