अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र चीनको सहयाेगकाे प्रसंशा


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रसंशा गर्नुभएको छ ।

उहाँले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको पनि समर्थन रहेको भन्दै त्यसको प्रसंशा गर्नुभएको हो ।

उक्त नाकाबन्दीको पक्षमा रुस र चीनले पनि मत जाहेर गरेको भन्दै यस विषयमा प्राप्त सहयोग प्रसंशनीय रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीको बारेमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा मतदान भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो नाकाबन्दीको अमेरिकी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘उक्त प्रस्तावमा गरिएको समर्थनले गर्दा अमेरिकाको सम्बन्ध ती देशहरुसँग आगामी दिनमा राम्रो हुनेछ र उत्तर कोरियामाथिको नाकाबन्दीका पक्षमा राष्ट्रपति ट्रम्पले चीन र रुससँग मिलेर काम गर्नुहुने छ ।’

उता उत्तर कोरियाले भने संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको विरोध गरेको छ । उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको बताएको छ ।

उत्तर कोरियाले केही समययता जारी राखेको क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहको उत्तर कोरियाले बेवास्ता गर्ने गरेको छ ।

त्यसै कारण अमेरिकाले उत्तर कोरियामाथि पछिल्लो समयमा नयाँ र कडा खालको नाकाबन्दी लगाएको छ । उत्तर कोरियाले पछिल्लो पटक जुलाई महिनाको पहिलो हप्ता एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उत्तर कोरियाको विदेशमन्त्रालयलाई उद्धृतगर्दै हालै आएको एक समाचारमा भनिएको छ ‘उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर पर्दैन बरु हामीलाई आफै आत्मनिर्भर हुन सघाउ पु¥याउछ ।’

तर अमेरिका र उसका अन्तर्राष्ट्रिय सहयोगी समूहले भने उत्तरका लागि यो पछिल्लो नाकाबन्दीले बर्षेनी करोडौँ अमेरिकी डलर बराबरको क्षति पुग्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानूनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com