भारतमा एकै दिनमा १० हजार जना कोरोना संक्रमित,२७ जनाको मृत्यु


प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार

(221223) — BANGALORE, Dec. 23, 2022 (Xinhua) — People wearing protective face masks as precautionary measure against the spread of the new variant of COVID-19 are seen on a street in Bangalore, India, Dec. 22, 2022. (Str/Xinhua)

बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार ११ हजार १ सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ ।
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा ६ हजार ६ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् । हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोना मुक्त भएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com