जापानी प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार


प्रकाशित मिति : बैशाख २, २०८० शनिबार

प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उहाँलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com