न्युयोर्कमा ४८ नेपाली संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

न्युयोर्कमा ४८ वटा नेपाली संघ संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

उडसाइडको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसद स्टेभन रागा, महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम लगायतले नयाँ बर्षको शुभकामना दिए ।

९१ बर्षका नेपाली आङ अंगिना लामाको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।

नेपाली र अमेरिकन राष्ट्रियगानबाट सुरु गरिएको कार्यक्रममा नेपाली मुलका बालबालिकाहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रमको संचालन दिन दयाल भण्डारीले गरेका थिए ।  कार्यक्रम श्याम कार्की लगायतको सकृयतामा सम्पन्न भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com