न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट उड्ने क्रममा विमानको इन्जिनमा चराको ठक्कर


प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार

a passenger plane flying in the sky

Photo by Jeffry Surianto on Pexels.com

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट विमान उड्ने क्रममा इन्जिनमा चराले ठक्कर दिएपछि विमानले यात्रा रद्द गर्न र टार्माकमा फर्कन बाध्य भएको छ । मंगलबार डेल्टा एयरलाइन्सको विमानमा उक्त घटना भएको हो ।

बोइङ ७३७ ८०० विमान १५५ जना यात्रुहरु छ जना चालक दलका न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यालिफोर्नियाको सान डिएगो जानका लागि उडेको थियो ।

टेकअफको समयमा खिचिएको एउटा भिडियोमा चरा ठोक्किएपछि विमान केहीबेर आकाशमा उडेको देखिन्छ ।

विमानले अक्सिजन मास्कहरू तैनाथ गरेको थियो । विमानको दुई इन्जिन मध्ये एउटामा चरा ठोक्किएको रिपोर्ट पछि उडेको केही समय पछि डेल्टा उडान सुरक्षित रूपमा जोन अफ केनेडी विमानस्थलमा फर्किएको डेल्टाले एक विज्ञप्तिमा बताएको छ ।

डेल्टाले सुरक्षित रुपमा फर्काउन सफल चालक दलको व्यावसायिक कार्यको प्रशंसा गरेको छ ।

विमान फर्केपछि फायर फाइटरहरू सहित आपतकालिन उद्दारकर्मीहरु इन्जिन निरीक्षणका लागि पुगेका थिए ।

डेल्टाले सान डिएगो जाने यात्रुहरूको उडानका लागि वैकल्पिक विमान प्रयोग गरेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com