जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित षड्यन्त्र हो : ढाकाकुमार श्रेष्ठ


प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलन गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसगको अडियो वार्ता सत्यता नरहेको र एडिटिङ गरेर बनाएको अडान लिएका छन् ।

बुधबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गरिएको बताउँदै त्यसमा सत्यता नरहेको र एडिटिङ गरेको जिकिर गरे ।

तर उनी पत्रकार सम्मेलनमा बोल्दै भने, ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो।’
उनले आफू पार्टीको निलम्बनमा परिसकेको उल्लेख गर्दै आफूलाई षड्यन्त्र भएको विषयमा अदालतमा गइसकेकाले क्लिन चिट पाएर फर्किने पनि बताएका छन् । साथै, आफ्नो कारणले पार्टीलाई परेको असरप्रति उनले क्षमायाचन पनि गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com