डा. गोविन्द केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा,


प्रकाशित मिति : श्रावण २१, २०७४ शनिबार

चिकित्सा क्षेत्र सुधारको माग राखी १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार जुलुस प्रदर्शन गरिएको छ ।

पूर्व प्रधान न्यायाधीस सुशीला कार्कीले डाक्टर गोविन्द केसीले उठाएकोे माग विधिसम्मत भएको बताएकी छिन् । डाक्टर केसीको समर्थनमा आयोजित र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै उनले यो लडाई विकृति विरुद्धको पनि भएकाले आम जनताको पक्षमा रहेको बताइन् ।

 

उनले डाक्टर केसी १३ दिन देखि भोकभोकै विकृति विरुद्ध लडेको भन्दै आफू सधैँ केसीको पक्षमा हुने बताइन् । उनले भनिन्, ‘उहाँको माग गरिव विद्यार्थीले पढ्न पाओस, चिकित्सा शिक्षामा व्यापार नहोस, सामजिक न्याय होस भन्नका लागि हो ।’ उनले थपिन, ‘यसै अनुसार कानुन बन्नुपर्छ भन्नु न्यायसम्मत विषय हो ।’ साथै उनले आम नागरिकलाई यो विकृति विरुद्धको लडाईमा साथ दिन आह्वान पनि गरिन् ।

 

‘जसले जे मन लाग्यो त्यही गर्ने ? त्यही हुँदा हामी चुप बसिराख्ने ?’ कार्कीले थपिन, ‘सरकारले बेलैमा सोचोस, कुनै दुर्घटना भयो भने देशकै लागि कलंक हुनेछ ।’

प्रदर्शनमा पूर्वप्रधानन्यायाधीश  सुशीला कार्की पनि सहभागी थिइन् । जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

 

 

प्रदर्शनकारीहरूले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरिनुपर्नेलगायत केसीको माग छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com