न्युयोर्क सिटीका एटीएममा ठगहरु सकृय, कसरी आफूलाई सुरक्षित गर्ने ?


प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार

person deposits money on an atm

न्युयोर्क सिटीमा प्रत्येक बरोमा एटीएममा ठगहरु सकृय रहेको प्रहरीले बताएका छन् । जसबाट दर्जनौं व्यक्ति पीडित भइसकेका छन् ।

सुरुमा अपरिचित व्यक्तिले दयालु भाव जस्तो देखाएर व्यक्तिलाई पीडित बनाउने गरेको प्रहरीले बताएको छ ।

कोही व्यक्ति एटीएम मेसिनमा गएर आफ्नो बैंक कार्ड घुसाएपछि ठग उनीहरुको पछाडि आएर उभिने गरेको र भुइँमा केही डलर नोटहरु राख्छ । त्यसपछि ठगले एटीएम प्रयोग गर्दै गरेको व्यक्तिलाई काँधमा थप्थपाएर केही नगद भुइँमा खसेको बताउने गर्छ ।

जब पीडित नगद टिप्न घोप्टोपर्छ । ठग एटीएममा पुग्छ र डमी कार्डको साथ पीडितको बैंक कार्ड बदल्छ । त्यसपछि ठगहरु त्यो कार्ड लिएर अन्यत्र प्रयोग गर्छन् र पीडितको पैसा चोर्छन्।

जीवनमा कहिल्यै ठगीमा नपरेको आफूले कहिल्यै आफूसँग यस्तो घटना होला भनेर नसोंचेको ठगीको शिकार भएका ७५ बर्षीय मार्कले बताएका छन् । मार्कले न्युयोर्क सिटीका अन्य बासिन्दाहरूलाई चेतावनी दिने प्रयासमा यसबारे संचारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रहरीका अनुसार हालसम्म ४० भन्दा बढी ठगिएका छन् । पीडितहरु धेरैजसो बढी उमेरका रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com