दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएकोे अमेरिकी दावी
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार
US President Joe Biden holds a joint press conference with Canada’s Prime Minister Justin Trudeau, not pictured, at the Sir John A. Macdonald Building in Ottawa, Canada, on March 24, 2023. (Photo by ANDREJ IVANOV / AFP)
अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।
उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता र कानुनी प्रयोगलाई समर्थन गरेको अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले स्प्राट्ली टापु नजिकको दक्षिण चीन सागरमा नौपरिवहन अधिकार र स्वतन्त्रताको वकालत गरेको थियो । उसले यो अन्तर्राष्ट्रिय कानून अनुकुल भएको बताएको छ ।
उक्त अपरेसनपछि मिलियसले ‘दाबी क्षेत्रबाट अत्यधिक बाहिर निस्केर दक्षिण चीन सागरमा आफ्नो गतिविधि जारी राखेको’ बताएको छ ।
उक्त जहाज ताइवानको मुख्य भूमिको दक्षिणी टुप्पोबाट करिब एक हजार ४०० किलोमिटर (८६० माइल) टाढा मिस्चिफ रीफको १२ नटिकल माइलभित्र पुगेको थियो ।
चिनियाँ लडाकू विमान र युद्धपोतहरूले ताइवानको वरिपरि तीन दिनको सैन्य अभ्यास गरिरहेका छन्, टापुमा ‘सिम्युलेटेड’ आक्रमणहरू पनि समावेश छन् ।
गत साता ताइवानका राष्ट्रपति साई इङ–वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच लस एन्जलसबाहिर भेटवार्ता भएको थियो ।
चीनको यो अभ्यासको ताइपेइले निन्दा गरेको छ र वासिङ्टनले ‘बेइजिङको गतिविधिलाई नजिकबाट नियालिरहेको’ बताएको छ ।
सोमबार बेइजिङले ’जिउँदो गोलाबारुद’ बोकेका लडाकु विमानले ताइवाननजिकै अभ्यास आक्रमण (सिम्युलेटेड स्ट्राइक) गरेको र यो शान्डोङ विमानवाहक पोत जारी अभ्यासमा संलग्न रहेको बताएको थियो ।
अमेरिकी युद्धपोत ‘अवैध रूपमा घुसपैठ’ भएको चीनको दाबी
दक्षिण चीन सागरको जलक्षेत्रमा अमेरिकी युद्धपोतको ‘अवैध’ घुसपैठ भएको भन्दै चीनले सोमबार निन्दा गरेको छ । अमेरिकी नौसेनाले आफ्नो निर्देशित क्षेप्यास्त्र विध्वंसक युएसएस मिलियस उक्त क्षेत्र भएर गएको बताएपछि चीनको उक्त प्रतिक्रिया आएको हो ।
चिनियाँ सेनाको ‘साउदर्न थिएटर कमान्ड’ का प्रवक्ता तियान जुनलीले एक विज्ञप्ति जारी गरी क्षेप्यास्त्र नाशक युएसएस मिलियसले चिनियाँ सरकारको अनुमतिबिना चीनको नान्सा टापुको मेइजी रीफसँग जोडिएको पानीमा अवैध रूपमा प्रवेश गरेको पुष्टि गर्नुभएको छ ।
चिनियाँ वायु सेनाले ‘जहाजको अनुगमन र निगरानी गरेको’ बताएको छ ।





