सिंहदरबारको फोहोर आजदेखि नउठाउने मेयर बालेन साहको घोषणा


प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

उनले देश सफा गर्न परे सिंहदरबारका नेताहरुलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com