अमेरिकामा हुने मिथिला महोत्सवका लागि ९ कलाकारको कलाकृति छनौट, ८ जना महिला कलाकार


प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार

‘दिगो विकास लक्ष्यको लागी कलास् मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२३ मा ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ । ९  कलाकारमध्ये ८ जना महिला छनौट गरिएको छ । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, सुमिन्त्रा यादव, सुनैना कर्ण र उषा कर्ण रहेका छन् ।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमित प्रताप शाहले जानकारी दिए । अधिकांश महिला सहभागी कलाकारहरु दुर्गमग्रामिण क्षेत्रबाट रहेको र यसबर्ष महिला उद्यमशिलतालाई प्रवद्र्धन र आर्थिक सहयोग गर्नुसमेत आफूहरुको उद्देश्य रहेकोले कार्यक्रममा सहभागी भै सहभागी कलाकारहरुको कलाकृति किनेर सहयोग गरिदिनुहुन शाहले अनुरोध गरेका छन् ।

मिथिला सेन्टर र अपन फाउन्डेसन युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका २०२३ गर्न लागिएको हो । मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रमआयोजना गरिने आयोजकको भनाई छ ।

यसपटक संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य ५ (लैंगिक समानता) प्रदर्शन र् सामुदायिक जागरूकता बढाइने भएको छ । तसर्थ यो कार्यक्रममा सहभागी हनचाहने इच्छुक कलाकारहरुलाई मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय मार्च ३१ सम्म ईमेलमा पठाउन अनुरोध गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसै अनुशार प्राप्त कलामध्येबाट ९ कलाकारका कलाकृति छनौट गरिएको हो । प्रथम मिथिला महोत्सव ४ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउनेमात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

अप्रिलको १४ तारिक बिहान १०:३० देखि १२:३० बजे कार्यक्रम को उद्घाटन र अप्रिल १५ तारिक बेलुका ७ बजे देखि ९ बजे सम चित्रकला को प्रदर्शनी जूम मार्फत भर्चुअल रुपमा गरिने छ भने अप्रिल १६ तारिकको दिन न्युयोर्कको ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजामा ४ बजे देखि ७ बजे सम्म सांस्कृतिक कार्यक्रमको आयोजना साथै मिथिला लोक राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र बाल चित्रकला कार्यशाला गोष्ठी, प्रदर्शनी र पुस्कार बितरण कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यससंस्कृतिमाविशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामले पनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामा को न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौको संख्यामा मिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कालाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम्सिंगा र सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ।

महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com