क्यालिफोर्नियामा २८ बर्षीय नेपाली युवा अपार्टमेण्टमा मृत फेला


प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार

अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एक नेपाली युवा मृत फेला गरेका छन् । पोखरा बाटुलेचौरका सुरेश बानिया सानफ्रान्सिस्को ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा मृत भेटिएको जनाइएको छ ।

उनले आफैले आफ्नो ज्यान लिएको आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टी भने भएको छैन । ७ बर्ष अगाडि अमेरिका आएका २८ बर्षीय बानिया रेष्टुरेन्टमा सेफका रुपमा काम गर्दै आएका थिए ।

उनी अविवाहित रहेको र केही समयदेखि मानसिक समस्याको उपचार गर्दै आएको जनाइएको छ । शनिवार साँझ उनी अपार्टमेण्टमा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले पोष्टमार्टमका लागि शव लगेको थियो ।

उनका बुवा लगायत परिवारबाट उनको शव नेपाल पठाइदिन आग्रह गरेको जनाइएको छ । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको हिमालयखबरले उल्लेख गरेको छ ।

मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको र त्यसपछि उनले नियमित उपचार गराईरहेका समाचारमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com