आत्मसमर्पण गर्न न्युयोर्क आइपुगे ट्रम्प


प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार आफ्नो निजी विमानमा न्युयोर्क सिटीमा आइपुगेका छन् । पोर्न स्टारलाई भुक्तान गरिएको रकमको अनुसन्धानबाट उत्पन्न आरोपहरूको सामना गर्नका ट्रम्प मंगलबार अदालतमा उपस्थीत हुनेछन् ।

उनका वकिलहरूले अदालतमा क्यामेरा राख्न नदिने तर्क गरेका छन् । ट्रम्पले मंगलबार म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयमा आत्मसमर्पण गर्ने र मुद्दाको लागि न्यायाधीशसमक्ष उपस्थित हुनु अघि फिंगरप्रिन्ट गरिने जनाइएको छ ।

२०२४ मा राष्ट्रपति पदका लागि उम्मेदबारी दिने ७६ वर्षीय रिपब्लिकन ट्रम्प आपराधिक आरोपहरूको सामना गर्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। उनको विमान फ्लोरिडाबाट साढे ३ घण्टाको उडान पछि क्वीन्सको लागार्डिया एयरपोर्टमा आइपुगेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीलो सूट र रातो टाई लगाएका ट्रम्प एक्लै विमानको सिँढीबाट ओर्लिएर म्यानहट्टनको ट्रम्प टावरमा आउनका लागि एसयूभीमा चढेका थिए । ट्रम्प टावमार आइपुगेपछि उनी गाडीबाट बाहिर निस्किएर सुरक्षा उद्देश्यका लागि पुलिसले बनाएको ब्यारिकेडहरू पछाडिबाट मानिसहरूलाई हात हल्लाएका थिए । कुनै सार्वजनिक टिप्पणी नगरी ट्रम्प टावरमा प्रवेश गरे ।

आफ्नो कानूनी टोलीलाई बलियो बनाउँदै ट्रम्पले चर्चित वकिल टोड ब्लान्चेलाई नियुक्त गरेका छन् । ब्लान्चे र ट्रम्पका अन्य वकिलहरूले सोमबार न्यायाधीशलाई अभियोगको भिडियोग्राफी, फोटोग्राफी र रेडियो कभरेजलाई अनुमति नदिन आग्रह गरेका छन् ।

अदालतलाई लेखिएको पत्रमा, उनीहरूले यस्तो कभरेजलाई अनुमति दिन नहुने तर्क गरेका थिए । यसले यस मुद्दाको वरिपरि पहिले नै लगभग सर्कस जस्तो वातावरणलाई बढावा दिनेछ र कार्यवाही तथा अदालतको मर्यादा र सजावट दुबैलाई बिगार्ने उनीहरुले तर्क गरेका छन् ।

न्यायाधीश जुआन मर्चनले सोमबार यस विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । म्यानहटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागको कार्यालयले यो न्यायाधीशको विवेकमा छोड्ने बताएको छ । तर मर्चनले गत वर्षको आपराधिक मुद्दा अघि ट्रम्पको घर जग्गा कम्पनीलाई कर छलीको दोषी ठहराइनु अघि सीमित संख्यामा फोटोहरू अनुमति दिएको उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com