रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता


प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ ।

युवराज सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।

सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com