ट्विटरले हटायो एलन मस्कको आदेशमा न्यूयोर्क टाइम्सको भेरिफाइड टिकमार्क


प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार

ट्विटरले आइतवार न्यूयोर्क टाइम्सको मुख्य एकाउन्टबाट भेरिफाइड टिकमार्क हटाएको छ । समाचार संस्थाले यसको ट्विटर ब्लू सेवाको लागि भुक्तान नगर्ने कुरा थाहा पाएपछि ट्विटरका मालिक एलन मस्कले टिकमार्क हटाउने कदम चालेका हुन् ।

यो कदमले अमेरिकी पत्रकारहरू विरुद्ध मस्कको वर्षौं पुरानो रिस जारी राखेको देखिएको छ जसले उनीमाथि आलोचनात्मक रिपोर्ट गरेका थिए । यस अगाडि धेरै फ्लोअर भएका १० हजार संस्थाहरूको भुक्तान नगरेपनि टिकमार्क नहटाउने ट्वीटरको आन्तरिक योजनाबारे रिपोर्ट आएको थियो । तर न्युयोर्क टाइम्सको टिकमार्क हटाएको घटनाले उक्त योजनामा विरोधाभाष देखिएको छ ।

ट्विटरले शनिबारदेखि आफ्नो परम्परागत भेरिफाइड कार्यक्रम बन्द गर्ने बताएको थियो । ट्विटरले प्रमाणित कम्पनीहरू, पत्रकारहरू र सार्वजनिक व्यक्तित्वहरूको खातामा वर्षौंदेखि लागू गरिएको नीलो चेक मार्क आइकनहरू हटाउन सुरु गर्ने बताएको थियो।

यसको सट्टामा ट्विटरले टिकमार्कका लागि भुक्तान प्रणाली लागू गर्दैछ जसले यसको लागि भुक्तान गर्ने जो कोहीलाई टिकमार्क दिनेछ । ट्विटर ब्लूको शुल्क व्यक्तिका लागि प्रति महिना ८ डलर र व्यवसायहरूलाई प्रति महिना १ हजार डलर रहेको छ । व्यवसायसँग सम्बन्धित हरेकले प्रतिमहिना थप ५० डलर तिर्नुपर्नेछ ।

आइतवार बिहानसम्म न्युयोर्क टाइम्स ट्विटरमा सबैभन्दा धेरै फ्लोअर हुनेमा २४ नम्बरमा रहेको छ भने ५५ मिलियन भन्दा बढी फलोअरहरू रहेका छन् ।
न्युयोर्क टाइम्सको टिकमार्क हटाउने यो कदम व्यक्तिगत रूपमा मस्क द्वारा निर्देशित वा प्रोत्साहित गरिएको जनाइएको छ । जसले शनिबार राति ट्वीटर प्रमाणिकरणको लागि भुक्तान नगर्ने टाइम्सको निर्णयको रूपरेखा प्रस्तुत गर्ने मेमलाई प्रतिक्रिया दिएका थिए ।

द टाइम्स, द वाशिंगटन पोस्ट र अन्य समाचार संस्थाहरूले आफ्ना समाचार संस्था वा पत्रकारहरूको टिकमार्कका लागि भुक्तान नगर्ने बताएका छन् । यद्यपि टिकमार्क रिपोर्टिङ उद्देश्यका लागि आवश्यक हुन सक्ने केही दुर्लभ अपवादहरू हुन सक्ने टाइम्सले बताएको थियो ।

आइतवारको कदमको बारेमा टाइम्सका प्रवक्ताले समाचार संस्था अझै पनि संस्थागत ट्विटर खाताहरूको लागि चेक मार्कका लागि मासिक शुल्क तिर्ने योजनामा नरहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com