न्युयोर्कको म्यानहटनबाट अमेरिकनहरुको आव्हान -‘नेपालबारे अनुभव गर्न नेपाल जाऔं’


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

न्युयोर्कको म्यानहटनमा आयोजित एक कार्यक्रममा सहभागी अमेरिकनहरुले नेपालबारे अनुभव गर्न नेपाल भ्रमणमा जान आव्हान गरेका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले जीवनको अद्वितीय अनुभवका लागि नेपालको भ्रमण गर्नुपर्ने बताए ।

नेपालको प्राकृतिक सौन्दर्यदेखि आतिथ्य सत्कारको अनुभव लिएर आफूलाई मानसिक रुपमा समेत रिचार्ज गर्नका लागि नेपाल भ्रमण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । कार्यक्रममा अमेरिका र नेपालबीचको न्यानो द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्न पर्यटन र व्यक्तिगत सम्पर्कको भूमिकामा जोड दिइएको थियो।

प्रमुख वक्ताहरूले पर्यटन र जनता जनसम्पर्कका विभिन्न पक्षहरूमा आ आफ्ना विचार राखेका थिए । कार्यक्रममा राष्ट्रसंघका लागि नेपाल मिसन र महावाणिज्य दूतावास न्युयोर्कका अधिकारीहरु, अमेरिकी विदेश मन्त्रालयका अधिकारी, पाटा न्यूयोर्क च्याप्टरका अधिकारीहरू, मिडिया, र ट्राभल एण्ड टुर बिजनेसका कार्यकारीहरूको उपस्थिति थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन, साहसिक, सांस्कृतिक र आध्यात्मिक सिकाइ र उपचार योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपालको अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने बताए ।

अमेरिकी विदेश मन्त्रालयको अफिस अफ फरेन मिसनका क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर हार्डिनले शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सकारात्मक सम्बन्ध, दुई देशबीच बढ्दो सामुदायिक र सांस्कृतिक सम्बन्धको चर्चा गर्दा त्यस्ता प्रयासहरूको लागि निरन्तर सहयोग रहने बताए ।

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तिकरण र पर्यटन व्यवसायको पुनरुत्थानमा गरेको योगदानबारे प्रकाश पारेका थिए । प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा न्युयोर्क र क्षेत्री एण्ड एसोसिएट्ससँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमले साहसिक अनुभवलाई परिवर्तनकारी अनुभवका रूपमा जोड दिएको थियो।

पाटा न्यूयोर्क च्याप्टरका अध्यक्ष जोबर्ट ओपुलेन्सियाले एसिया प्यासिफिक क्षेत्रको पर्यटन सम्भावनाको बारेमा चर्चा गर्दौ ट्राभल र टुर अपरेटरहरूलाई नेपाललाई असाधारण प्राकृतिक र सांस्कृतिक सम्पदा र न्यानो हृदय भएका मानिसहरूका कारण उत्कृष्ट गन्तव्यको रूपमा हेर्न प्रोत्साहित गरेका थिए ।

पर्वतारोही तथा छ पटक गिनिज वल्र्ड रेकर्ड होल्डर भेनेसा ओब्रायनले पर्वतारोहणमा नेपालको नेतृत्वको बारेमा चर्चा गरिन् । उनले नेपालका आफ्ना रोचक सम्झनाहरू बताउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानव क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएकोमा जोड दिइन्।

लेखक र अनुभवी ट्रेकर डाक्टर सेठ सिक्रोफले यसपटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सव मनउदै गर्दा हिलारीको पहलले द्विपक्षीय र जनता जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न, सद्भावना निर्माण गर्न र नेपालमा जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष खगेन्द्र जीसीले नेपालको कला, संस्कृति र व्यक्ति–व्यक्ति सम्पर्कको प्रवर्द्धनमा डायस्पोराको भूमिकालाई प्रकाश पारे ।

टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई सीधै जोडेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको र थप अमेरिकी आगन्तुकहरूलाई नेपालमा जान थप प्रोत्साहन गर्न परिचयात्मक यात्रालाई आर्थिक सहयोग गरिरहेको बताए।

कार्यक्रममा कार्यवाहक महावणिज्यदूत गौतमले यात्रुहरूको हित र सुरक्षाका लागि हालै नेपालले चालेका ट्रेकिङ उपायहरूलगायत कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रमको संचालन महावािणज्यदूतावासकी उपवाणिज्यदूत संगिता न्यौपानेले गरेकी थिइन् ।

कार्यक्रमले नेपालको पर्यटन सम्भाव्यता र पर्यटन, सामुदायिक सशक्तिकरण र जनता–जनताबीचको सम्बन्धको माध्यमबाट व्यक्तिगत विकासलाई प्रवर्द्धन गर्ने देशको प्रयासलाई देखाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com