अमेरिकाबाट नेपाल अनलाइन पैसा पठाउने ४ सेवाको तुलना, माछापुच्छ्रेको रेट उत्कृष्ट


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

खसोखासले अमेरिकाबाट नेपाल अनलाइनबाट रकम पठाउने चारवटा सेवाको तुलना गरेको छ । अमेरिकाबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुबाट नेपाल रकम पठाउने चारवटा अनलाइन सेवाहरुको तुलना गर्दा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट र छिटो रकम ट्रान्सफर गरेको पाइएको छ ।

अप्रिल १ को रेट तुलना गर्दा वेष्टर्न युनियन, रेमिट्ली, वाइजको तुलनामा माछापुच्छ्रे रेमिटबाट अमेरिकाबाट नेपाल पैसा पठाउँदा बढी रेट दिएको पाइएको छ । अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा एसीएचमार्फत रकम पठाउँदा पनि अन्य सेवाको तुलनामा माछापुच्छ्रे रेमिट छरितो देखिएको छ ।

बाइजबाट १ हजार डलर पठाउँदा १ लाख २९ हजार ७५७ नेपाली रुपैया प्राप्त हुने देखिएको छ ।

रेमिट्लीबाट १ हजार डलर पठाउँदा १ लाख २९ हजार ८५० नेपाली रुपैया प्राप्त हुने देखिएको छ ।

 

वेष्टर्न युनियनबाट १ हजार डलर पठाउँदा १ लाख २९ हजार ९४७ नेपाली रुपैया प्राप्त हुने देखिएको छ ।

 

माछापुच्छ्रे रेमिटबाट पठाउँदा १ लाख ३० हजार २ सय ८० नेपाली रुपैया प्राप्त हुने देखिएको छ ।

खसोखासले परीक्षण गर्दा माछापुच्छ्रे रेमिटबाट २ घण्टाभित्र नेपालको बैंक खातामा रकम प्राप्त भएको पाइएको छ । माछापुच्छ्रे रेमिटले अमेरिकाबाट पैसा पठाउँदा १ घण्टाभित्र बैंक खातामा रकम जम्मा गरिदिने प्रतिवद्धता जनाएको छ ।

अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा सिधा रकम पठाउँदा अधिकांश मनी ट्रान्सफरले शुल्क लिने गरेका छैनन् । माछापुच्छ्रे रेमिटले पनि अमेरिकाको बैंक एकाउन्टबाट नेपालको बैंक एकाउन्टमा रकम पठाउँदा कुनै अतिरिक्त शुल्क लिदैन ।

focus photography of person counting dollar banknotes

माछापुच्छ्रे रेमिटको वेवसाइटमा गएर अनलाइन एकाउन्ट खोलेर सहज रुपमा रकम पठाउन सकिन्छ । माछापुच्छ्रे बैंकले संचालन गरेको यो रेमिट्यान्स सेवा प्रयोग गरेर अन्य देशबाट रकम पठाउन सकिन्छ । जापानबाट नेपालको बैंकमा रकम पठाउँदा ५ मिनेटमा नै प्राप्त हुने माछापुच्छ्रे रेमिटले दावी गरेको छ ।

रकम पठाउनका लागि यहाँ क्लीक गर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com