क्यानडा र अमेरिकी सीमामा थप २ जनाको शव फेला, मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा(अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।
उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ । सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com