खाद्यान्न वितरण केन्द्रमा भागदौड, १२ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

People show their national identity cards to receive free bags of flour from a delivery truck at a distribution point ahead of the Muslim holy fasting month of Ramadan, in Lahore on March 20, 2023, following an announcement from Pakistan’s Prime Minister Shehbaz Sharif to provide free flour to the needy people during the Ramadan in the wake of country’s soaring inflation. (Photo by Arif ALI / AFP)

पाकिस्तानको कराँचीमा शुक्रबार रमजानको अवसरमा आयोजना गरिएको खाद्यान्न वितरण केन्द्रमा भागदौड हुँदा महिला र बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा धेरै मानिस घाइते समेत भएका छन् । केही व्यक्तिले अनजानमा विद्युतको तारमा पाइला टेक्दा भागदौड भएको हो ।

प्रहरीका अनुसार यसपछि मानिसहरूले एकअर्कालाई धकेल्न थालेपछि धेरै मानिस नजिकैको नालीमा खसेका थिए ।  समाचार एजेन्सी पीटीआईका अनुसार “सुरुमा दुई जनाको बिजुलीको तारमा टेकेर मृत्यु भएको थियो, जसले गर्दा भागदौड मच्चियो।”

केमारी प्रहरी प्रवक्ताले घटनामा ११ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई अस्पतालमा भर्ना गरी यस विषयमा अनुसन्धान भइरहेको छ ।

मारिनेमा अधिकांश ४० देखि ५० वर्ष उमेर समूहका महिला रहेका छन् । मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले कराचीका प्रहरी आयुक्त मोहम्मद इकबाल मेमनसँग घटनाबारे रिपोर्ट मागेका छन्। केही दिनअघि मात्रै पाकिस्तानको पञ्जाब प्रान्तमा सरकारी राशन वितरण केन्द्रबाट सित्तैमा पिठो लिन खोज्दा कम्तीमा ११ जनाको मृत्यु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com