अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल ८ र ९ मा मेरिल्याण्डको बाल्टिमोरमा हुने प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा हुन लागेको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि अहिलेसम्म दर्जन बढी टिमहरुले दर्ता गरिसकेका छन् भने दर्ता गर्ने अन्तिम म्याद अप्रिल २ सम्म रहेको छ ।
दर्ता शुल्क ५ सय डलर रहेको छ भने विजयी टिमले ५ हजार ५ सय ५५ डलरका साथमा ट्रफी र मेडलहरु प्राप्त गर्नेछ । दोश्रो हुने टिमले ३ हजार ३ सय ३३ डलरका साथमा ट्रफी र मेडलहरु प्राप्त गर्नेछ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
पर्वत समाजले पहिलोपटक प्रतियोगिता गर्न लागेको र प्रतियोगितामा अहिलेसम्म १४ वटा टिमले दर्ता गरिसकेकाले आफूहरु निकै उत्साहित रहेका खेलकुद संयोजक मध्येका एक दामोदर पौडेलले खसोखासलाई जानकारी दिए । अर्का खेलकुद संयोजक राम श्रेष्ठ हुन् ।
प्रतियोगिता राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतीथ्यमा हुने आयोजकले जानकारी दिएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।