ट्रम्पले मंगलबार आत्मसमर्पण गर्ने र अभियोगको सामना गर्ने अपेक्षा, सोमबार न्युयोर्क आउने


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

पूर्व राष्ट्रपतिलाई सबैभन्दा पहिले न्यूयोर्कमा शुक्रबार आत्मसमर्पण गर्न भनिएपनि उनका वकिलले थप समय आवश्यक भएको बताएपछि उनी मंगलबार अदालतमा उपस्थीत हुने अपेक्षा गरिएको छ । ट्रम्पले अभियोगमा व्यापार ठगीसँग सम्बन्धित ३० भन्दा बढी मुद्दाहरूको सामना गर्नु परेको छ ।

पूर्व राष्ट्रपतिलाई अर्को मंगलबार दिउँसो २ बजेर १५ मिनेटमा म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ। ट्रम्पले पूर्ण रूपमा स्वैच्छिक रूपमा न्यूयोर्क कानून प्रवर्तनमा आत्मसमर्पण गर्ने जनाइएको छ । जसको अर्थ उनलाई पक्राउ गरिने छैन ।

ट्रम्पको उपस्थितिको योजनामा ​​संलग्न अधिकारीहरूका अनुशार पूर्व राष्ट्रपति उपस्थित हुने अपेक्षा गरिएको समयमा अदालतमा अन्य सबै मुद्दा गतिविधिहरू रोक्ने विचार गरिएको छ । मंगलबार दिउँसो अदालतमा अन्य सबै मामिलाहरू स्थगित गर्दा सुरक्षा कारणले भवनमा आवागमनको मात्रा कम हुनेछ ।

अमेरिकी सेक्रेट सर्भिसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार अदालतमा उपस्थित हुनेबारे ट्रम्पका वकिलहरू र म्यानहटन जिल्ला न्यायधिवक्ताबीचको वार्तामा भूमिका नखेलेको जनाइएको छ । बरु आफ्नो संलग्नतालाई सुरक्षा व्यवस्थाको समन्वयमा सीमित गरेको छ ।

ट्रम्पले सोमबार नै न्यूयोर्कको यात्रा गर्ने जनाइएको छ । ट्रम्प यो सप्ताहन्तमा भने आफ्नो फ्लोरिडाको मार ए लागो रिसोर्टमा रहनेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com