इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप: डोनाल्ड ट्रम्प


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

donald trump, president of the united states, donald

म्यानहटन ग्रान्ड जूरीले अभियोग लगाउन मतदान गरेपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसबारे प्रतिक्रिया दिदै यो घटना इतिहासको उच्चतम स्तरमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप बताएका छन् ।

उनले भनेका छन् – ‘यो इतिहासकै उच्च तहमा राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप हो।’

ट्रम्प टावरको सुनौलो एस्केलेटरबाट आफू ओर्लिएदेखि नै र आफूले अमेरिकाको राष्ट्रपतिको रूपमा सपथ लिनु अघि नै मेक अमेरिका ग्रेट अगेन आन्दोलनलाई नष्ट गर्न डेमोक्रेयाट्सहरु लागि परेको ट्रम्पले आरोप लगाएका छन् । कट्टरपन्थी वाम डेमोक्र्याट्हरु अमेरिकाका मेहनती जनताका दुश्मन भएको उनले आरोप लगाएका छन् ।

‘रूस, रूस, रूस, मुलर होक्स, युक्रेन, युक्रेन, युक्रेन, महाभियोग होक्स १, महाभियोग होक्स २, मार ए लागोमा अवैध र असंवैधानिक छापा पछि अहिले यो’ भन्दै ट्रम्पले आक्रोश व्यक्त गरेका छन् । डेमोक्र्याटहरूले आफूलाई समाप्त पार्न झूट बोलेको र धोका दिएको ट्रम्पको आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

निर्दोष व्यक्तिलाई निर्दोष चुनावी हस्तक्षेपको कार्यमा अभियोग लगाउँदै उनीहरूले अकल्पनीय काम गरेका ट्रम्पले बताएका छन् । अमेरिकाको इतिहासमा यसअघि कहिल्यै यस्तो नभएको भन्दै ट्रम्पले आफ्नो अभियानमा जासुसी सहित डेमोक्र्याटहरूले दशकौंमा अनगिन्ती पटक धोका दिएको आरोप लगाएका छन् ।

राजनीतिक प्रतिद्वन्द्वीलाई सजाय दिनको लागि अमेरिकाको न्याय प्रणालीलाई हतियार बनाएको आरोप लगाउँदै ट्रम्पले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्राग घिनलाग्दो भएको बताएका छन् ।

न्युयोर्क शहरमा अभूतपूर्व अपराधको लहरलाई रोक्नुको सट्टा बाइडेनको फोहोरी काम गरेको भन्दै ट्रम्पले यो कदम बाइडेनका लागि घातक हुने चेतावनी दिएका छन् । कट्टरपन्थी वामपन्थी डेमोक्र्याटहरूले के गरिरहेका छन् भन्ने कुरा अमेरिकी जनताले बुझेका छन् भन्दै ट्रम्पले कुटिल डेमोक्र्याटहरू मध्ये प्रत्येकलाई अफिसबाट बाहिर निकाल्ने र अमेरिकालाई फेरि महान बनाउने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com