फिलिपिन्समा २५० यात्रु बोकेको डुंगामा आगलागी, ज्यान बचाउन पानीमा हाम फालेर १२ जनाको मृत्यु, केही बेपत्ता


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । जहाजमा आगो लागेपछि यात्रीले हामफालेका प्रकोप व्यवस्थापन विभागका अधिकारी निक्सन अलोन्जोले बताएका छन् ।

बसिन प्रान्तका गभर्नर जिम सल्लिमानले जहाजमा दुई सय भन्दा बढी यात्री रहेका हुनसक्ने बताउँदै हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरेका छन् । पानीजहाजका यात्रीको नामसूचीमा दुई सय पाँच जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या सातभन्दा बढी हुनसक्ने उनले बताएका हुन् ।

बाह्र जनाको शव भेटिएको जानकारी दिँदै गभर्नर सल्लिमानले छ महिनाको एक बच्चासहित तीन बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन् । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पु¥याइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तट रक्षकले जारी गरेका तस्बिरहरूमा जलेको जहाजमा अर्को पानीजहाज र डुङ्गाबाट पानी खन्याएको तथा उद्धारकर्मीले अँध्यारोमा पीडितलाई पानीबाट निकालेर सुरक्षित स्थानतर्फ डुङ्गाहरूबाट लगेको देखिन्छ । सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।

घटनाको अनुसन्धान भइरहेको छ । फिलिपिन्स द्वीपसमूहमा समुद्री दुर्घटनाहरू सामान्य छन्  ।  सन् १९८७ डिसेम्बरमा ‘डोना पाज’ डुंगा इन्धन ट्याङ्करसँग ठोक्किएर डुबेको थियो, जसमा ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com