क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पताल भर्ना


प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताइएको छ। तर उनी कोभिडबाट संक्रमित भने छैनन् ।

उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन भ्याटिकनले  जारी गरिएको विज्ञप्तिमा संक्रमणका कारण पोप फ्रान्सिस आगामी केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने बताइएको छ ।

गत बुधबार सेन्ट पिटर स्क्वायरमा आएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए। यस क्रममा उनी राम्रो देखिन्थे तर कारमा चढ्दा उनी अलि असहज देखिन्थे ।

भ्याटिकनले यसअघि पोप फ्रान्सिस पूर्व निर्धारित चेकअपका लागि अस्पताल गएको बताएको थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com