तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशनले बुद्धि मान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । न्युयोर्कमा सम्पन्न अधिवेशनले २०२३ देखी २०२५ सम्मको कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिमा बरिस्ठ उपाध्यक्ष चिना लामा, उपाध्यक्ष तुल बहादुर तामाङ, महिला उपाध्यक्ष आरती लामा, महासचिव शमसेर योन्जन सचिव भिम स्याङतन , कोषाध्यक्ष सेन्तुन लामा, सदस्यहरू तिर्थ राज लामा , विष्णु तामाङ , निरा माया लामा निर्वाचित भएका शम्सेर योञ्जनले जानकारी दिएका छन् । अधिवेशनमा निर्वाचन प्रमुख भरत मोक्तान तामाङ थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।