टेनेसीको नासभिल स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ को मृत्यु, गोली चलाउने महिलाको पनि मृत्यु


प्रकाशित मिति : चैत्र १३, २०७९ सोमबार

टेनेसीको नासभिलमा रहेको एक निजी ग्रेड स्कूलमा गोली चल्दा कम्तीमा तीन बालबालिका र तीन वयस्कको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। गोली प्रहार गर्ने २८ वर्षीया महिलाको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

कभेन्ट स्कूलमा सक्रिय गोलबारीको घटनामा प्रहरीले हस्तक्षेप गरेपछि गोली हान्नेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुकको गोली लागेका तीन बालबालिकाहरुलाई भ्यान्डरबिल्टको मोनरो केरेल जुनियर बाल अस्पतालमा लगिएको थियो । तीनै जनालाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।

अधिकारीहरूले पछि तीन वयस्कको मृत्यु भएको पुष्टि गरेका छन् । नासभिलका प्रहरी प्रवक्ता डन आरोनका अनुसार गोली चलाउने महिलासँग दुईवटा असल्ट शैलीको राइफल र एउटा ह्यान्डगन थियो।

गन भायोलेन्स आर्काइभको तथ्याङ्क अनुसार टेनेसीको न्यासभिलको कभेन्ट स्कूलमा सोमबार बिहानको गोलीबारी सन् २०२३ मा अमेरिकामा हालसम्म भएको १२८ औं सामूहिक गोलीकाण्ड हो । कम्तीमा ४ जनामाथि गोली हानिएको घटनालाई सामूहिक गोलीकाण्डका रुपमा व्याख्या गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com