कोलोराडोमा सुरु भयो गुन्द्रुक, नेपाली पनसँगै नेपाली खाना


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

अमेरिकामा नेपाली स्वादका खानेकुरा पाइने रेष्टुरेण्टहरु खुल्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा कोलोराडोको लाफायटमा नेपाली रेष्टुरेण्ट गुन्द्रुकको सुरुवात गरिएको छ ।

रेष्टुरेण्टमा नेपाली खानाका लागि नेपाली मूलका बाहेक अन्य ग्राहकहरु पनि आकर्षित भएको संचालक उत्सव पन्तले बताएका छन् । नेपाली मूलका बाहेक अन्य ग्राहकले समेत मम ,चाउमिन, छोयला निकै मन पराएको पन्तले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चाडै नेपाली थाली संगै पम्परागत खानाका परिकारहरु पनि सुरु गरिने संचालकले जानकारी दिएका छन् । कोलोराडोमा नेपाल घुमेका गैर नेपाली मूलका व्यक्तिको संख्या उल्लेख रहेको र उनीहरु खानाबाट परिचित समेत रहेकाले रेष्टुरेण्टमा त्यस्ता ग्राहकहरु उल्लेख्य रुपमा आएको जनाइएको छ ।

बोल्डर र काठमाडौंबीच भगिनी नगर सम्बन्ध समेत रहेकाले कोलोराडोबासीहरु नेपालसँग थप परिचित छन् । रेष्टुरेण्टलाई नेपाली पन दिनका लागि भित्री सजावट पनि नेपाल झल्किने खालको रहेको छ । यसले नेपाली खाना संगै नेपाल चिनाउन पनि मद्दत संचालक उर्मिला गुरुङले बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com