टेक्सासमा निधन भएका कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जली अर्पण


प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार

टेक्सासमा निधन भएका सामाजिक व्यक्तित्व कृष्णप्रसाद लामिछानेप्रति आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार विहान ११ बजे कार्यक्रम तय गरिएको थियो ।

दाहसंस्कार अगाडि स्वर्गीय लामिछानेप्रति ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो । प्रहरीले घटनाबारे अनुसन्धान प्रारम्भिक चरणमा भएको र अपराधको कुनै संकेत नदेखिएको बताए लगत्तै लामिछानेप्रति अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखिएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरुले लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गरेका छन् । नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष समेत रहेका लामिछाने टेक्सास स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । नेपाली जनसम्पर्क समिति र एनआरएनमा पनि लामिछानेको नेतृत्वदायी सहभागिता थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com